माई ४ को सेवा नयाँ भवनवाट शुरू

0
11

डाँडागाउँ, इलामको माई नगरपालिका वडा नं ४ को सेवा नयाँ भवनवाट शुरु भएको छ । भाडामा रहदै आएको वडा कार्यालय मंगलबारदेखि डाँडागाउँ स्थित आफ्नै भवनवाट सेवा शुरु गरिएको वडा अध्यक्ष हेम वहादुर लायो मगरले जानकारी दिए ।

सोमवार र मंगलवार धार्मिक विधि विधान अनुसार पुजापाठ गरि वडा कार्यालयको सेवा शुरु गरिएको बताईएको छ। आफ्नै भवनवाट सेवा प्रवाह हुने भएपछि थप सहजता रहने वडा सचिव सविना राईले वताइन् । माई नगरपालिकाको १ करोड ७ लाख रुपैंयाको लगानीमा निर्माण सम्पन्न दुई तले वडा कार्यालय भवनमा सभा हल, सेवाग्राही प्रतिक्षालय सहित ७ वटा कोठा रहेका छन।

आर्थिक वर्ष २०८०र०८१ मा वडा नम्बर ४ सहित माई नगरपालिका भित्रका वडा नम्बर ३, ५, ६, ८ र १० मा नयाँ वडा कार्यालय निर्माण शुरु गरिएकोमा वडा नम्बर ४ सहित ३, ६ र ८ ले आफ्नै भवनवाट सेवा शुरु गरिसकेका छन भने वडा नम्बर ५ र १० ले सेवा प्रदान गर्ने अन्तिम तयारीमा रहेको माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले बताए । सात वटा नयाँ वडा कार्यालय निर्माणका लागि ७ करोड भन्दा बढि विनियोजन गरिएको थियो।

माई नगरपालिका घोषणा भई दश वटा वडा कार्यालय रहँदा माईमा तीन वटा मात्र आफ्नो भवनमा वडा कार्यालय रहेका थिए भने अन्य सात वटा वडा कार्यालय भाडामा सञ्चालन रहदै आएका थिए। माई(२ मा गत बर्ष नयाँ वडा भवन निर्माण भई सेवा सुचारु रहेपनि वडा नम्बर ७ र ९ को साविक महमाई र चिसापानी गाविसको भवनवाट वडाको सेवा सन्चालन रहदै आएको छ । साविक दानाबारी गाविस भवनमा भने माई नगरपालिका कार्यालय सञ्चालनमा रहदै आएको छ ।
यता वडा नम्बर(१ मा भने वडा कार्यालय निर्माण गरिने स्थानको विवादका कारण हाल सम्म वडा कार्यालय भवन वन्न सकेको छैन्। माई(१ मा वडा कार्यालयको सेवा आधारभूत स्वास्थ्य इकाई रहेकै भवन वाट प्रदान गरिदै रहेको वडा अध्यक्ष राम राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here