दुई चार दिनमै प्रकाश तामाङको नागरिकता बन्ने

0
2

योगेन्द्र योगी,
बिराटनगर।

‘हेर्ने कथा’ले सार्वजनिक गरेको ‘हराएका वर्षहरू’का प्रकाश तामाङको नागरिकता बन्ने भएको छ। प्रकाशको वास्तविक जीवनको कथा सार्वजनिक भएसँगै उनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका थिए।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेखेका छन्हे,’हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उनी व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो।’

नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा मंगलबार राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर कुराकानी गरेको जनाएको छ । गृहसचिव अर्यालले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउ प्रतिबद्धता जनाएका छन्।

नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको बताईएको छ । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका झापाका तामाङ काम खोज्ने क्रममा उत्तरी गोर्खाको चोम भ्यालीमा पुग्छन्। भेडी गोठालाको रूपमा करिव ३५ वर्ष बेतलबी रूपमा काम गर‍ेका प्रकाश ‘हेर्ने कथा’को पात्रको रूपमा सार्वजनिक भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here