तेलिबारीमा ददिकाद मनाइयो

0
2

चारआली ।

मेचीनगर–१३ स्थित तेलिबारीका राजवंशी युवाहरुले विविध सांस्कृतिक, मनोरञ्जनात्मक प्रतियोगितासहित मंगलबार ददिकाद पर्व सम्पन्न गरेका छन् ।

श्रीकृष्ण जमाष्टमी पर्वको अवसरमा प्रत्येक वर्ष नवमीका दिन मनाइने गरेको ददिकाद पर्व सम्पन्न गरेका छन् । हिलो माटोमा दुई समूह बनि लठी तानातान गर्दै नरिवल खोस्ने अनि अग्लो लामो बाँसमा चिल्लो तेल, घिऊ लगाएको बाँसमा चढ्छन् ।

प्रवासी राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले शुभकामना दिँदै संस्कृति जगेर्ना स्वरुप एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना ददिकाद पर्वका लागि गरिदिने घोषणा गरे ।

कार्यक्रममा शहीद दशरथ चन्द माविका शिक्षक टेकेन्द्र ढकाल, विमला दियाली, जयबहादुर दाहाल, प्रहरी चौकी चारआलीका इञ्चार्ज टंक कोइराला लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here