नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

0
1

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here