संसद भट्टराईको अभिव्यक्तिप्रति वाइसिएलको आपत्ति

0
10

झापा, भदौ १३ । सांसद योगेश भट्टराईको अभिब्यक्तिप्रति योङ कम्युनिष्ट लिंग नेपाल (वाइसिएल) झापाले आपत्ति जनाएको छ ।
वाइसिएल झापाले ताप्लेजुङ्गका सांसद भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
सांसद भट्टराईले बुधवार सदनमा माओवादीको जनयुद्धलाई हिंसा भनेर दिएर अभिब्यक्तिप्रति वाइसिएल झापाले आज बिज्ञप्ती जारी गर्दै को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
’जनताको अधिकार प्राप्तीको लागि जनताद्धारा स्वतःस्फुर्त रुपमा गरिएको आन्दोलनको जगबाट पटक–पटक लाभ लिनुका साथै आफ्ना ‘बा’ लाई खुसी बनाउने उद्धेश्यका साथ बोलीएको उक्त वाक्यांशप्रति हाम्रो घोर आपत्ति साथै कडा भत्र्सना गर्दछौं ।’ वाइसिएल झापाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
एमाले र कांग्रेस पछिल्लो अव्यबहारिक गठजोड अघि प्रचण्ड नेतृत्वको माओवादी सरकारले गरेको देशको सुशासन, जनतालाई लोडसेडिङ मुक्त बनाउने अभियान र भ्रष्टचारीहरु बिरुद्ध गरिएको कारबाहीहरुबाट आत्तिएको वाइसिएल झापाले जनाउँदै गिरीबन्धु, यति, ओम्नी, शरणार्थी काण्डका मतियारहरुबाट जनतालाई दिग भ्रमित गरी पुरानै व्यवस्थामा फर्काउने गरी संविधान बिरोधी गतिविधि भएको वाइसिएल झापाको बुझाई छ ।
‘महान जनयुद्धले साहस, विरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक देशप्रेम एवम् राष्ट्रियता प्रति समर्पित परिवर्तको सपनालाई आत्मा साथ गरेको थियो बिज्ञप्तीमा भनिएको छ ‘जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ति राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । मधेसी, मुस्लीम, महिला, दलित, आदीवासी, जनजाति, थारु लगायत उत्पिडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनिहरुको पहिचान र अधिकार स्थापित भएको छ ।’
सामाजिक न्ययको उन्नत व्यवस्थासहित समाजबादोन्मुख संविधानको निर्माण र कार्यन्वयन सम्भव भएको छ जनाउँदै युग परिवर्तनका प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित भइसकको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा वाइसिएल झापा इन्चार्ज नशान मगर, झापा संयोजक डेबिड शाही र सचिव जनक लुहागुनले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here