कचनकवल–३ का वडा सदस्य राजवंशीको निधन

0
10

बनियानी,  झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ ।
राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । राजवंशी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
जातीय परम्परा अनुसार स्थानीय आमबाडी घाटमा उनको दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
यता, कचनकवल गाउँपालिकाले वडा सदस्य राजवंशीप्रति दुःख व्यक्त गर्दै विहीवाार शोक बिदा दिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here