बिर्तामोडमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन

0
15

बिर्तामोड।

 

झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ ।

बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन गरेका हुन् ।

मिसन बिर्तामोडको अगुवाईमा सञ्चालनमा आएको पुस्तकालयको उद्घाटन पुस्तकालयको स्थापनमा संयोजनकारी भूमिका खेलेका माधवकुमार झाको जन्मदिनको अवसरमा गरिएको हो ।

कार्यक्रममा उपप्रमुख संग्रौलाले हरेक नगरबासीलाई आफ्नो जन्मदिनको दिन एकएकवटा पुस्तक लाइब्रेरीलाई उपहारस्वरुप प्रदान गर्न आग्रह गरे । उनले पुस्तकालयलाई नगरपालिकाले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

पुस्तकालय उद्घाटन कार्यक्रममा युनाइटेड रिभर साइड युवा फाउन्डेसनका अध्यक्ष ओमबहादुर खड्काले पुस्तकालयका लागि कोठा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । पुस्तकालयका संयोजक झाले हाल दाताबाट प्राप्त करिब चार लाख रुपैयाँबराबरको विभिन्न विधाका पुस्तकहरु रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here