भद्रपुरकी एक किशोरी छ दिनदेखि बेपत्ता

0
32

झापा ।

झापाको भद्रपुरकी एक किशोरी छ दिन देखि बेपत्ता भएकी छिन् ।

घरबाट विद्यालय जाान्छु भनेर हिडेकी भद्रपुर– ६ भतियाबारी घरभएकी १८ वर्षीया रेखाकुमारी राजवंशी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् । भद्रपुर सेकेण्डरी स्कुलमा कक्षा १२ मा अध्यनरत किशोरी विद्यालय जान्छु भनेर हिडेपनि हालसम्म घर नर्फिकएको उनका बुबा लवनसिंह राजवंशीले जानकारी दिए ।

किशोरी बेपत्ता भए लगत्तै जिल्ला प्रहरी कार्यालय झापामा खोजतलासका लागि निवेदन दिए पनि हाल सम्म पत्ता लाग्न नसकेको जनाइएको छ । उचाई अन्दाजी पाँच फिट भएकी किशोरीले हराएको समयमा सेतो कुर्ता र कालो रंगको सुरुवाल लगाएको जनाइएको छ ।

नेपाली र राजवंशी भाषा बोल्न जान्ने उनी आफ्न्तकोमा समेत सम्पर्कमा नआएको बताइएको छ । उनको खोजी गरिदिन परिवारले सबैसंग अनुरोध गर्दै कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन परिवारले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here