नम्रता र कृष्णको रहस्यमय आत्महत्या,

0
4

अर्जुनधारा ,अर्जुनधारा नगरपालिका वडा नम्बर ६ लक्ष्मीटोल निवासी नम्रता पाठक र कृष्ण ढुङ्गेलले रहस्यमय तरिकाले आत्महत्या गरेका छन् । उनीहरु छिमेकी हुन् ।
२४ वर्षीया नम्रताले पूजा कोठाको झ्याल, ढोका बन्द गरी सिलिङ पंखामा झुन्डिएर आत्महत्या गरेकी छन् भने नम्रता ढुण्डिएको आधा घण्टा पछि ३५ वर्षीय ढुङ्गेल पनि घरमै झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुई तले पक्की घरको माथिल्लो तल्लामा रहेको पूजा कोठामा छिरेकी नम्रता नफर्किएपछि आफन्तले बाहिरबाट बोलाउँदा नबोलेपछि इलाका प्रहरी कार्यालय अनारमनीलाई खवर गरिएको बताइएको छ । लगत्तै प्रहरीले स्थानीय र आफन्तको रोहबरमा बिहान ९ः३० बजे ढोका खोली हेर्दा उनी मृत फेला परेकी थिइन् ।
त्यसको आधा घण्टापछि अन्दाजी १० बजेतिर श्रीमती र छोरी नभएको बेला आफ्नै निजी निवासमा ढुंगेलले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
एकै ठाउँका दुईजनाले अघिपछि झुन्डिएर आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विष्टले बताए । जसका लागि मोवाइल फरेन्सी जाँचका लागि ल्याव पठाइएको बताइएको छ ।
पाठकका श्रीमान बैदेशिक रोजगारीका लागि कोरिया रहेको बताइएको छ । उनको एक सन्तान रहेको प्रहरीले जनाएको छ ।
यता ढुङ्गेलकी श्रीमती र एक छोरी रहेको जनाइएको छ । उनी टेम्पो चालकका रुपमा काम गर्दै आएको बताइन्छ ।

पाठकले ह्वाट्स एपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेको बताइन्छ । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here