अधिवक्ता खगेन्द्र खरेललाई पितृशोक

0
41

झापा, अधिवक्ता खगेन्द्र खरेललाई पितृशोक परेको छ ।
बिर्तामोड नगरपालिका – ८ हर्चना निवासी खरेलका बुवा नन्दलाल खरेलको ९१ वर्षको उमेरमा निधन भएको हो । ढुङ्गेसाधु ताप्लेजुङमा १९९१ साल काात्तिकमा जन्मिएका खरेल केही समय अघिबाट उच्च रक्तचार र मधुमेह रोगबाट पीडित थिए ।
खरेलकी श्रीमती रनमाया उप्रेतीसहित चार छोरा वुहारी तथा चार जना छोरी ज्वाई रहेका छन् । छोरा बुहारीहरुमा होमप्रसाद –कमला, भक्ति प्रसाद –मिरा, खगेन्द्र–कल्पाना र डिल्ली–सावित्रा खरेल रहेका छन् ।
छोरी ज्वाइहरुमा यमुना–भरत पाठक, कल्पना–दधिराम उप्रेती, राधा–भूवन गौतम, जानुका–मनोज उप्रेती रहेका छन् ।
स्वर्गीय खरेलको सामाजिक परम्परा अनुसार शुक्रवार कनकाई माईमा अन्त्येष्ठि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here