चौलागाईं प्रतिष्ठान अर्जुनधाराको तीज विशेष कार्यक्रम सम्पन्न

0
6

अर्जुनधारा ।

चौलागाईं प्रतिष्ठान अर्जुनधारा नगर समितिको आयोजनामा शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–८ हात्तीकिल्लास्थित प्रतिष्ठानको कार्यालय प्राङ्गणमा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीकुमार चौलागाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठान झापाका अध्यक्ष माधव चौलागाईंले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकद्वय अर्जुनधारा–५ निवासी जयप्रसाद चौलागाईं र धनमाया चौलागाईंलाई सम्मान पत्रसहित दोसल्ला ओढाईं सम्मानित गरिएको थियो । त्यसैगरी गत शैक्षिक वर्ष २०८० को एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गरि उत्र्तीण हुने अर्जुनधारा–८ निवासी जयनारायण र तुलसा घिमिरे चौलागाईंका छोरा प्रसिन चौलागाईंलाई प्रशंसा पत्रसहित नगद पुरस्कार एक हजार एक सयबाट पुरस्कृत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले तीज सम्बन्धी गीतमा एकल तथा सामुहिक नृत्य, संगिनी नृत्य, कविता आदि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठान बुद्धशान्तिका कोषाध्यक्ष वेधनिधि चौलागाईं, प्रतिष्ठान अर्जुनधाराका पूर्व उपाध्यक्ष मधुसुदन चौलागाईं, अधिवक्ता नारायण चौलागाईं, पत्रकार अमित खम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका सल्लाहकार जनक चौलागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गोपीकृष्ण चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here