अन्तर महिला समूह नृत्य प्रतियोगितामा वन जोगाउ महिला समूह प्रथम

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूह र सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न भएको तीज गीत सम्बन्धी अन्तर महिला समूह नृत्य प्रतियोगितामा वन जोगाउ महिला समूह प्रथम भएको छ ।

“संस्कृति हाम्रो पहिचान हो यसको संरक्षण गरौं” भन्ने मुख्य नारासहित समूहको वनभोज स्थलमा आयोजित प्रतियोगितामा सहभागी सात वटा समूहमध्ये वन जोगाउ महिला समूह प्रथम भएको हो ।

त्यसैगरी प्रतियोगितामा सृजनशिल महिला समूह द्वितीय, नमूना महिला समूह तृतीय र जागृती महिला समूह सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने सबै समूहलाई पुरस्कृत गरिएको थियो ।

सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा नगर सभा सदस्य सुशिला गिरी, नगर कृषि विकास शाखाकी प्रमुख एञ्जिला बेडारी, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रञ्जना कार्की न्यौपाने, राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य रोजिना पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा सहभागीहरुले तीज सम्बन्धी गीतमा एकल तथा सामुहिक नृत्यसँगै संगिनी नृत्य प्रस्तुत गरेका थिए । समुहका अध्यक्ष जागिरमान राईले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समितिकी सदस्य तुलसा कुँवर र समूहका सचिव मोहनप्रसाद चौलागाईंले संयुक्तरुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here