नगर प्रमुख तुम्वापोद्वारा ‘शिक्षासँग सिप कार्यक्रम’को उद्घाटन

0
2

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ‘शिक्षासँग सिप कार्यक्रम’को उद्घाटन गर्नुभएको छ ।

आज शुक्रवार वडा नं. ८ को आयोजनामा बुद्ध माविमा भएको ‘शिक्षासँग सिप कार्यक्रम’को प्रमुख तुम्वापोले व्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्वापोले यस कार्यक्रमले विद्यार्थीहरूलाई बेसिक मात्रामा भएपनि ज्ञान प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘नगर र वडाले शिक्षासँग सिप कार्यक्रम लिएर आएको छ । यसलाई सार्थक तुल्याउन शिक्षक साथीहरू र अभिभावकहरूले चासोका साथ लाग्न अनुरोध गर्दछु ।’

वडा नं. ८ का अध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रअ बोधराज सिग्देलले राख्नुभएको थियो । ‘वडा नं. ८ को इच्छा हरेक शुक्रबार जीवनोपयोगी शिक्षा’ भन्ने नारासँगै उद्घाटन गरिएको यस कार्यक्रमको समन्वय बुद्ध मावि, दुर्गा आवि र मिलन आवि रहेका छन् ।

कार्यक्रमको औचित्यबारे वडाध्यक्ष कार्कीले प्रष्ट्याउनुभएको थियो । सो कार्यक्रमका प्रशिक्षकहरू तेक्वन्दोतर्फ विक्रम माझी, हाउस वाइरिङतर्फ टेकेन्द्र सुवेदी र भूपेन्द्र राई, प्लम्बिङ देवप्रकाश राई, पशु सेवा तालिमतर्फ पुष्प पौडेल र अर्जुन काफ्ले, सिलाई कटाई/फेसन डिजाइनतर्फ कविता चौधरी रहनुभएको छ । कार्यक्रमका वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ र विद्यालयका प्रअ र अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here