क्यालेण्डर हेरेर प्याब्सन झापाका जिल्ला ब्यापी कार्यक्रम, उत्कृष्ठ विद्यार्थीलाई २३ गते पुरस्कार बितरण गरिँदै

0
2

झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाले बार्षिक कार्यतालिका अनुसार जिल्लाका १४ वटा पालिकामा अतिरिक्त क्रियाकलाव सम्पन्न गरेको छ ।


कचनकवल गाउँपालिका वाहेक प्याब्सन मातहत रहेका १४ वटा स्थानीय तहमा सञ्चालित विद्यालयका विद्यार्थीहरु बीचमा अतिरिक्त क्रियाकलाव सम्पन्न गरेको हो । पालिका स्तरीय प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ठ छनौट भएका विद्यार्थीहरुलाई भदौ २३ गते आयोजित कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने प्याब्सन झापाका सहसचिव लक्ष्मी उप्रेतीले जानकारी दिए ।
प्याब्सन झापाले आधारभूत तह (प्रावि)– चित्रकला, प्रा.वि तहमा नै हाजिरी जवाफ , आधारभूत तह– हाजिरी जवाफ, आधारभूत तह– श्रुतिलेखन, आधारभूत तह – निबन्ध लेखन (अंग्रेजी, नेपाली), मा.वि. तह– निबन्ध लेखन (अंग्रेजी, नेपाली) , मा.वि. तह – कविता लेखन तथा वाचन, मा.वि. तह – आक्समिक बक्तृत्वकला अंग्रेजी माध्यममा संचालन गरिएको सह सचिव उपे्रतीको भनाई छ ।
प्याब्सन झापाले हरेक शैक्षिक सत्रमा क्यालेन्डर निर्माण गरी नियमित अध्ययन अध्यापनसंगै अतिरिक्त कृयाकलाप सञ्चाल गर्ने निर्णय गरेको थियो । सो निर्णय सहितको क्यालेण्डर सार्बजनिक भएसंगै प्याव्सनले पालिका स्तरीय कार्यक्रम सम्पन्न गरेको हो ।
पालिकाबाट छनौटमा परेका विद्यार्थीलाई जिल्ला स्तरीय कार्यक्रममा सहभागी गराई पुरस्कार बितरण गरिने प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले जानकारी दिए ।

नगरपालिका तर्फ : कुन पालिकामा के के भयो ?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोड नगर समितिले आयोजना गरेको कार्यक्रममा विद्यामोडका ३२ वटा विद्यालयले सहभागीता जनाएका छन् । जसमा ५ सय ४२ जना विद्यार्थी सहभागी थिए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोड नगर सभापति उत्तम खनालको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा अधिकृत केशर वहादुर खवासको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
उता कनकाई नगरपालिकामा विनोद सुब्बाको अध्यक्षता तथा नगरप्रमुख राजेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भयो । जहाँ १५ वटा विद्यालयका २२० जना विद्यार्थीले सहभागीता जनाएका थिए ।
त्यस्तै गौरादह नगरपालिकामा टेकनाथ तिम्सिना (बाबुराम) को अध्यक्षता तथा गौरादह नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष दुर्गामणिको बस्नेत प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । गोरादहमा १५ विद्यालयमा ५ सय ३६ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।
त्यस्तै दमक नगरपालिकामा जर्नादन मैनालीको अध्यक्षता तथा नगरउपप्रमुख रेगिन भट्टराई प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको छ । ३० विद्यालयका ४ सय ७० विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
यता मेचीनगरमा विक्रम क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको छ । उनी मेचीनगर प्याव्सनका उपाध्यक्ष हुन् । प्याव्सनका कोशी प्रदेश सदस्य अजयअ ाले मगरको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा २६ विद्यालयका ५ सय ४५ विद्यार्थीले सहभागीता जनाएका थिए ।
त्यस्तै भद्रपुर नगरपालिकामा रत्नवहादुर गिरीको अध्ययक्ष तथा प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रवहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । २३ विद्यालयका ५ सय ७५ जना विद्यार्थीले प्रतियोगतामा भाग लिएका थिए ।
त्यस्तै शिवसताक्षी नगरपालिकामा रामप्रसाद सुहाङ्गको अध्यक्षता तथा वडा नम्वर ८ का वडाध्यक्ष शन्त कुमार फाउदेनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।कार्यक्रममा १५ विद्यालयका ४ सय ६२ जना विद्यार्थी सहभागी भएका थिए ।
यता अर्जुनधारा नगरपालिकामा रुद्रप्रसाद सिटौलाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष अमर वहादुर कटुवालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । यहाँ २९ विद्यालयका ६ सय ३० जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

गाउँपालिका तर्फ : कुन पालिकामा के के भयो ?

विद्यार्थीलाई अतिरिक्त क्रियाकलावमा समेत अब्बल बनाउन बाह्रदशी गाउँपालिका प्याब्सन झापाले विभिन्न अतिरिक्त क्रियाकलाव गराएको छ । गाउँपालिका भित्र रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)मा आवद्ध विद्यालय मध्ये ९ वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कार्यक्रममा सहभागीता जनाएका थिए । जसमध्ये १ सय १३ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
बाह्रदशी गाउँपालिका सचिव निमेश ढुङ्गेलको अध्यक्षता तथा प्याव्सन झापाका वरिष्ट उपाध्यक्ष छत्रवहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
त्यस्तै हल्दिवारी गाउँपालिकामाा याम दंगालको अध्यक्षता तथा हल्दिवारी गाउँपालिका वडानम्वर ५ काा वडाध्यक्ष खड्ग लावतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । यहाँ आठ वटा विद्यालयका १ सय ४० विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।


उता कमल गाउँपालिकामा बदीराम राईको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । ११ विद्यालयका १८५ जना विद्यार्थीले कार्यक्रममा भाग लिएका थिए ।
झापा गाउँपालिकामा नवराज सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा झापा गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष नवीन किशोर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । यहाँ ३ वठा विद्यालयका ३६ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।
यता गौरीगञ्ज गाउँपालिकामा प्याव्सन अध्यक्ष श्यामनारयण राजवंअध्यक्षता तथा गाउँपालिका अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ११ वटा विद्यालयका १८७ जना विद्यार्थी सहभागी थिए ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकामा प्याव्सनका पूर्ब सल्लाहकार महेन्द्र संग्रौलाको प्रमुख आतिथ्य तथा प्याव्सन बुद्धशान्ति अध्यक्ष गंगा निरौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो । यहाँ सञ्चालित १५ वटा विद्यालयका २४० जना विद्यार्थीले कार्यक्रममा भाग लिएको प्याव्सन झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here