सुधार केन्द्रका संचालक खड्काद्वारा गल्ती स्वीकार,आइतवार मिलापत्र गरिने

0
2

बिर्तामोड, बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका संचालक आकाश खड्काले कुटपिट गरेको घटनाले नयाँ मोड लिएपछि उनले गल्ती स्वीकार गरेका छन् । उनले गल्ती स्वीकारसंगै घाइतेको औषधि उपचार गरिदिने भएका हुन् । सुधार केन्द्रमा भएको कुटपिटका कारण तीन जना बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचाररत रहेका छन् । सुधार केन्द्र सञ्चालक खड्काले घाइतेहरुलाई अस्पतालमा भेट गरी उपचार खर्च बेहोर्ने बताएका हुन् । उनले घाइतेहरुको उपचार खर्च आफूले बेहोर्ने कुरा स्वीकार गरेको घाइते पक्षका दीर्घराज चैता मगरले बताए । उनले गल्ती स्वीकार गरी खड्काले माफी माग्ने भएपछि मिलापत्रका लागि घाइते पक्ष तयार भएको जानकारी दिए । आइतवार मिलापत्र हुने बताइएको छ ।

तीन दिनअघि त्यस सुधार केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालक खड्कासहित कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका छन् । सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गालीगलौज गर्दै एक्कासि कुटपिट गरेको पीडितले बताएका छन् ।

यसैबीच कुटाई खाने भानु राईले हिजो पत्रकार सम्मेलन गरी खड्काले गरेको ज्यादतीका विषयमा प्रहरीले उजुरी लिन नमानेको भन्दै आपत्ति जनाएका छन् । उनले शक्ति र पहुँचका भरमा दोषीलाई उन्मुक्ति दिलाउन नहुने भन्दै न्यायका दिलाउन सवैसंग अपिल गरेका छन् ।

उनीहरुलाई सुधार केन्द्र सञ्चालकले आफूहरुलाई बन्धक बनाएर घुँडा टेकाएर अगााडिबाट र पछाडिबाट लात्तले हानेको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here