अर्जुनधारामा उपभोक्ता जागरण सम्बन्धी अन्तरक्रिया

0
2

अर्जुनधारा ।

अर्जुनधारा जेसीज शनिश्चरे, युथ अफ खुदुनाबारी र नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको आयोजनामा युवाहरुको लागि उपभोक्ता जागरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–२ र ३ नं. वडा कार्यालयको समन्वय अर्जुनधारा–२ स्थित नेरेसो खुदुनाबारी उपशाखाको सभाहलमा जेसीजका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–२का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

उपभोक्ता जागरण अभियान झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा अभियान झापाका सचिव विशाल थापाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा ५३ जनाको सहभागिता रहेको जेसीजका अध्यक्ष बुढाथोकीले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन जेसीजका सचिव गौरव भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here