अमेरिकी स्वार्थ र षड्यन्त्रका विरुद्ध नेकपाले बन्दुक उठाउन सक्छ- सुमनसिंह

0
2

झापा ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमाथिको अमेरिकी हस्तक्षेप स्विकार्य नहुने भन्दै जबर्जस्ती गरे नेकपाले बन्दुक उठाउने चेतावनी दिएका छन्।

आज झापाको दमकमा आयोजित हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्धको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लो समय अमेरिकाले नेपालको सदनबाट एमसिसी पास गराएको र अहिले एसपीपी परियोजना पास गराएर नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप जमाउन षड्यन्त्र बुनिरहेको उनलेे आरोप लगाएका छन्।

केपी ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेर अमेरिकी परियोजना एसपिपी पास गराए ओलीलाई झापा आउन नदिने र नेपाली जनताले सडकमा घिसार्दै देशबाटै लखेट्ने समेत नेता सुमनसिंहले चेतावनी दिएका छन्।

केही समय अगाडि अमेरिकी सेनाको जेट बिमानले काठमाडौमा थुप्रै सामान झारिसकेको र त्यो सामान विमानस्थलमा सामान्य चेकजाँच समेत नगरिकन दुतावासमा पुर्‍याउने काम भएकोले त्यो हतियार समेत हुनसक्ने उनले बताएका छन्।

यतिबेला देश गम्भीर परिस्थितिमा गुज्रिएको र देशीविदेशी षड्यन्त्रका विरुद्ध लड्न सबै देशभक्त , समाजवादी , बौद्धिक शक्तिहरु एकै ठाउँमा उभिनुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here