तालिमको लोभ देखाएर बलात्कार, गाउँपालिकाका दुई जना कर्मचारीसहित ३ जना पक्राउ

0
1

झापा,  १९ वर्षीया किशोरीलाई तालिमको लोभ देखाएर बलात्कार गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गाउँपालिकाका दुई जना कर्मचारी र अन्य एक व्यक्ति रहेका छन् । रुपन्देहीको कोटहीमाईमा १९ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले गाउँपालिकामै कार्यरत कर्मचारी र एक जना वडाध्यक्षको छोरालाई प्रक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धान तीब्र बनाएसंगै घटना सामसुम पार्न राजनीतिक दबाब बढेको पीडित पक्षले गुनासो गरेका छन् ।

किशोरीलाई तालिमको लोभ देखाएर गाउँपालिकाका उद्यम विकास सहजकर्ता मुकेश चौधरीले आफ्नै मोटरसाइकलमा बसालेर लगेको आफन्तले बताएका छन् । भदौ ५ को घटना पीडित किशोरीको स्वास्थ्यमा समस्या आएको साथै रक्तश्राव हुन थालेपछि औषधिउपचार गराउने क्रममा बाहिरिएको हो ।

पीडितका आफन्तले गाउँपालिका शिक्षा शाखामा कार्यरत प्रास ३२ वर्षीय मनोहर चौधरी, कोटहीमाइका उद्यम विकास सहजकर्ता २६ वर्षीय मुकेश चौधरी र ३५ वर्षीय बन्टी पाण्डेलाई कुटपिट गरी प्रहरीलाई बुझाएका छन् ।

दुईजना कर्मचारीसहित तीनजनालाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए । पीडितका आफन्तले प्रहरीमा उजुरी दिइसकेका छन् । आफूलाई तालिममा राखेर रोजगारी दिने भन्दै बोलाइएको र होटलमा लगेर जबरजस्ती करणी गरेको किशोरीको बयान छ ।

एसपी राठौरका अनुसार शनिबार उजुरी आउनेबित्तिकै किशोरीको स्वास्थ्य परीक्षण गरी ३ जनालाई पक्राउ गरेर भैरहवा अदालतबाट म्याद थप गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भने, ‘पीडित पक्षले नै पालिकाको एक स्थायी, एक करारका कर्मचारी र ३ नम्बर वडाध्यक्षका छोरालाई समातेर प्रहरीलाई बुझाएका छन्, यस्तो घटनामा पीडित हामीसँग आउने विषय भएन प्रहरीमा नै गएका छन्, प्रहरीले अनुसन्धान गर्दैछ, यसमा दोषी छुट्नुहुँदैन उसले सजाय पाउनुपर्दछ, सरकारी कर्मचारी, वडाध्यक्षको छोरा भएर केही हुँदैन, पहिले प्रहरीले अनुसन्धान गरेर प्रमाणित गरोस्’, उनले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here