१५ करोड रकम अपचलन गरेको आरोपमा सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

0
2

झापा, १५ करोड भन्दा बढी रकम अपचलन गरेको आरोपमा सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौंको चुच्चेपाटीमा कार्यालय रहेको सहकारीको सञ्चालक समितिका उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बालुवाटारकी ३९ वर्षीय उपाध्यक्ष डंगोलसिहत, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुगांका ३७ वर्षीय विष्णुप्रसाद फुयाँल, सदस्यहरू ललितपुरका ४८ वर्षीय रामलाल महर्जन र भक्तपुरमा ४६ वर्षीय अमरभाई बज्राचार्य छन् ।
उनीहरूमाथि १५ करोड ९१ लाख रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप लागेको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
सीआईबीले उक्त सहकारीका पीडित निक्षेपकर्ताहरूलाई ब्युरोमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here