मेची भन्सारबाट निर्यात घट्यो

0
48

भद्रपुर , मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनमा रु. एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०÷०८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु. ९३ करोड सात लाख ३५ हजारले घटेको हो ।
कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा रु. दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको मालवस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् ।
प्राप्त विवरणअनुसार गत साउनमा रु. ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा रु. ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०÷८१ को तुलनामा क्रमश ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।
यसैगरी गत साउनमा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलँैची र रु. ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको साउन महिनाको तुलनामा यो ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले घटेको हो ।
यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here