विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय

0
77

विर्तामोड । नेपाली कांग्रेस झापाले आधुनिक नेपालका परिकल्पनाकार, नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा आज जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकले झापाका १५ वटै गाउँ÷नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं वि।पी। जयन्ती मनाउने निर्णय गरेको हो ।

उक्त अवसरमा वी .पी. कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी दर्शनमाथि चर्चा–परिचर्चा, रक्तदान, बृक्षरोपण, प्रजातान्त्रिक अगुवाहरुको सम्मान, बक्तृत्वकला, हाजिरीजवाफ, विचार गोष्ठी, सरसफाई लगायतका विविध रचनात्मक गतिविधि गर्न गराउन पनि बैठकले आग्रह गरेको छ । सोही दिन भद्रपुरस्थित वि।पी। कोइरालाको शालिकमा विहान ८ बजे माल्र्यार्पण एवं विचार गोष्ठी कार्यक्रम पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजना गरिने भएको छ ।

बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका, सर्वश्वहरणमा परेका, प्रवास बस्न बाध्य पारिएका शहीद परिवार, प्रजातन्त्र सेनानी र तिनका परिवारलाई संगठित गर्ने उद्देश्यले भाद्र २५ गते जिल्ला पार्टी कार्यालयमा प्रजातन्त्र सेनानी संघको पाँचौं जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाली महिलाहरुको मुख्य चाड हरितालिका तीजलाई मितब्ययी तरिकाले मनाउन सबैमा अपिल गर्दै पार्टीको तर्फबाट शुभकामना ब्यक्त गर्ने निर्णय बैठकले गरेको सहसचिव कमल भण्डारीले जानकारी दिए ।

यसैबीच भाद्र पहिलो साता नेपाल महिला संघको आयोजनामा झापाका पाँचवटै क्षेत्रमा सम्पन्न क्षेत्रस्तरीय प्रशिक्षण प्रभावकारी भएको भन्दै बैठकले सम्पूर्ण महिला र प्रशिक्षण कार्यमा खटिनुभएका प्रशिक्षक, सहयोगी एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here