लक्ष्मी लुइटेल
बिर्तामोड । प्रतिनिधि सभाकी सांसद हर्कमाया विश्वकर्माले सुनचाँदी व्यवसाय गर्ने पेशाकर्मीहरूलाई राज्यले हेर्ने दृष्टिकोण राम्रो नहुँदा दिनप्रतिदिन धरासाही बन्दै गएको बताएकी छिन् ।
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला समिति झापाको दशौँ साधारण सभा तथा चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्दै सो उनले यस्तो बताएकी हुन् ।
झापाको बुद्धशान्ति ३ को बुधबारेमा आयोजित नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला समिति झापाका अध्यक्ष तिलक बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न सो उद्घाटन कार्यक्रममा विशेष अतिथि प्रदेश सांसद गोपाल बहादुर विश्वकर्मा सुनचाँदी व्यवसायी सङ्घ केन्द्रीय समितिका सचिव प्रेम लोकान्द्री लगायतका अतिथि वक्ताहरूले कार्यक्रमको महत्व माथि चर्चा गरेका थिए ।
यसैबीच टङ्कबहादुर विश्वकर्माको अध्यक्षतामा ९ सदस्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा विश्वकर्मा, सचिव राजकुमार श्रेष्ठ, सह सचिव भुवन वहादुर लुवागुन, कोषाध्यक्ष प्रेम रिजाल रहेका छन् ।
समितिको सदस्यहरुमा रमेश लुवागुन, राज विश्वकर्मा, निर्मला खाती, र गोपाल खाती रहेका छन् ।