हरितालिका तीज हिन्दू नारीहरुको एउटा महŒवपूर्ण चाड हो । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीया तिथिमा मनाइन्छ । यो चाड मुख्यतः चार दिनसम्म नाउने चलन छ । भाद्र द्वितीयाका दिन दर खाने, त्यसको दोस्रो दिन निराहार र निर्जल व्रत बस्ने, तेस्रो दिन अर्थात् ऋषि पञ्चमीको दिन ब्रतालु महिलाहरुले ३६५ वटा दतिवनले दाँत माझेर, माटो लेपन गरेर स्नान गर्छन् । अपमार्ग (दतिवन) लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्घतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जमदग्नि तथा वशिष्ट गौतम ऋणको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रेन कर्कलो आदिको तरकारी खाने प्रचलन रहेको छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो पुत्री, पार्वतीको विवाह बिष्णुसँग गरिदिने बचन दिएका थिए । तर, पार्वतीले मनदेखि भगवान शिवलाई वरण गरेका थिइन् । उनका पिता हिमालयले छोरीको विवाह बिष्णुजीसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि, आफूले मन पारएको वर शिवजीलाई पाउन जंगलतिर गएर शिवको तपस्या गर्न थालिन् । पार्वतीले विभिन्न किसिमको कठोर तपस्या गरेको लामो अवधि भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा भाद्रपद शुक्लको तृतीया तिथि अनि त्यसदिन हस्ता नक्षत्रका दिन उनले बालुवाको शिवलिङ्ग स्थापना गरी पानी पनि नखाइकन निराहार व्रत बस्न थालिन् र रातभरि शिवजीको स्तुति गर्दै जागरण बसिन् । यो कठोर तपस्याको प्रभावले शिवजी प्रसन्न भएर मनले चिताएको कुरा पूरा होस् भन्ने वरदान दिनुभयो ।
सोही तिथिदेखि हरितालिका तीजको शुरुवात भएको बुझिन्छ । तीज आफैंमा एउटा सुन्दर र पवित्र पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरी दिनभरी व्रतमा बस्दा वैज्ञानिक दृष्टिले पनि फलदायक देखिन्छ । तीजका दिन नारीहरुले रातो कपडा, चुरा–पोते, टीका आदि सबै रातो रंगमा श्रृंगार गर्नु एउटा विशेषता हो । नारीहरु त्यसदिन नाचगान गर्दै हर्षोल्लासका साथ मन्दिरमा भगएर श्रीमानको दिर्घायुको कामना गर्नु नै यस पवित्र पर्वको सन्देश हो । तीजको दिन रातो लुगा लगाउनु सुख, समृद्धि एवम् साहसको प्रतिक भनिन्छ ।
रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास हो । पातेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतिक भन्ने बुझिन्छ । तीजको दिन रानहार र निर्जल व्रत बस्नुपर्ने मान्यता छ, तर यो एक प्रकारले महिलालाई पुरुषप्रति अन्धभक्ति दर्शाउँछ, पति परमेश्वरको लागि व्रत गर्दा श्रीमान दिर्घायु हुन्छ भन्ने मान्यतालाई आजसम्म महिलाहरुले आत्मसात गरिरहेका छन् । तर, वर्षभरिमा एकदिन कुनै व्रत श्रीमानले आफ्नो श्रीमती वा छोरीको लागि बस्दैनन् । तर, पनि महिलाहरुको आयुमा स्वास्थ्यमा कमी आएको छैन । त्यसकारण तर्क, मन्थन गर्नुहोस् श्रीमानलाई माया, स्नेह, सम्मान दिनुहोस्, तर अन्धभक्तिबाट बच्नुहोस् ।
हाम्रो देश कृषि प्रधान देश हो । धानबाली रोपिसकेपछि फुर्सदको बेलामा तीजको आगमन हुन्छ । विवाह भएर टाढा पुगेका चेलीबेटी, दिदीबहिनीबीच भेट हुने, उनीहरुको पीडालाई हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । पहिला तीजका गीतमा छोरा–छोरीबीचको विभेद, सासु–बुहारीबीचका विभेद, दुःख, पीडा ईष्या आदि समावेश हुन्थे । देउरानी–जठानीबीचको असमझदारी समेटिएको गीत गुञ्जिन्थ्यो । तर, वर्तमानमा तीजका गीत पनि परिवर्तन हुन थाले । अहिलेको तीज गीतमा शालिनता छैन । आजभोलि समाजका अगुवा महिलाहरु टोल–टोलमा समूह बनाएर, महिनादिनसम्म नाचगान र खानपिनका कार्यक्रम आयोजना गर्ने गर्छन् । तीज प्रतियोगिता फोटोसुट जस्तो कार्यक्रम समावेश गर्न थालिएको छ ।
अहिले नेपालसँगै विश्वका हरेक कुनामा छरिएर बसेका नेपाली समुदायमा तीज एउटा उत्सवको रुपमा मनाउने चलन बढेको छ । नेपाली समाजमा अहिले पनि तीज हुनेखानेका लागि, विदेशमा बस्ने वा शहरबजारमा बस्ने उच्च आर्थिक स्रोत भएकाहरुलाई रमाइलो र दुर्गम र आर्थिकरुमपा विपन्न भएका नेपालीलाई अभिशाप बनेको छ । आफूलाई आधुनिक मान्ने केही महिलाहरु होटलमा जम्मा भएर मदिरापान गरेर अश्लिलता झल्कने गीतमा नृत्य गर्छन् । तीजको नाममा भित्रिएको यो दुर्गन्धित पक्ष हो ।
धेरै ठाउँमा जानुपर्दा नयाँ कपडा, गहना खरिद गर्दा घरमा आर्थिक बोझ बढ्दै जान्छ, त्यसकारण श्रीमान–श्रीमतीबीच असमझदारीको सृजना हुन्छ । त्यसकारण हाम्रो परम्परा, धर्म, संस्कृतिलाई बचाउनको निमित्त तीजलाई देश, काल र परिस्थिति अनुसार सुहाउँदो तरिकाले मनाउनुपर्छ । जसले सामाजिक मूल्य–मान्यता र गरिमालाई बनाइराखोस् । तीज एउटा पवित्र पर्व हो । यो संगीतमय चाड हो, श्रीमान र श्रीमतीबीचको माया, स्नेह, सम्मान, समर्पण बढाउने चाड हो । तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानु पर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरुले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवम् संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । बढ्दै गएको आडम्बरी र विकृति पइालवाई नियन्त्रण गरेर तीजलाई सांस्कतिक, धार्मिक पर्वको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै लैजान जरुरी छ ।