हामीले २०८१ भाद्र १० सोमबार झापाको बिर्तामोडमा एक पत्रकार सम्मेलन मार्फत जंकफुडलाई शिक्षण संस्था र अभिभावकको स्तरबाट तुरुन्तै प्रतिबन्धित गर्नुपर्छ भन्यौं । हामी ठूला–ठूला कुरा गर्ने बानी परिसकेकालाई जंकफुड र यसले मानवीय स्वास्थ्यमा पार्ने गम्भीर प्रकारका नकारात्मक असरको खासै लेखाजोखा छैन । तर, पत्रकार मित्रहरुकै र कतिपय बुद्धिजीवीहरुको सुझाव समेतलाई ध्यानमा राखेर शुरु गरिएको जंकफुड प्रतिबन्ध अभियानको समाचारले झापाका अधिकांश सञ्चार सामग्रीहरुमा प्राथमिकता पाए ।
पत्रकार मित्रहरुले उक्त कार्यक्रममा राख्नुभएको प्रश्न, दिनुभएको सुझाव र सहयोगले जंकफुडको बिशाक्तताले प्रत्येक घर र बालबालिकालाई कसरी गाँजिरहेको छ भन्ने कुरा दर्शाएको थियो । जंकफुड के हो ? र यसले कस्तो नकारात्मक असर पैदा गर्छ । साथै यसको उन्मुलनको निम्ति तपाई हामीले कस्तो भूमिका खेल्ने केही छलफल गरौं ।
के हो जंकफुड
जंकफुड भन्नाले ती खाना तथा खाजा वस्तुहरूलाई जनाउँछ, जसमा अत्याधिक मात्रामा चिनी, नुन, चिल्लो पदार्थ र प्रशोधित सामग्रीहरू हुन्छन्, तर पौष्टिकतत्वको मात्रा न्यून वा शून्य हुन्छ । यस्ता खाना स्वास्थ्यका लागि हानिकारक मानिन्छन् ।
किनकि यसको जथाभावी प्रयोगले मोटोपना, मुटुको रोग, टाइप टु मधुमेह, हड्डी कमजोर हुने रोग ओस्टियोपोरोसिस, मृगौला रोग, अटेन्सन डिफिसिट, कोलेस्ट्रोल, डिप्रशन, उच्च रक्तचाप जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । जस्तैः चिप्स, चाउचाउ, चिजबल, क्यान्डी, फास्ट फुड (जस्तै बर्गर, फ्रेन्च फ्राइज) विभिन्न प्रकारका चकलेट, विभिन्न प्रकारका कोल्ड ड्रिंक्स आदि जंकफुडको श्रेणीमा पर्छन् ।
जंकफुडले स्वास्थ्यमा कस्ता र कसरी हानी पु¥याउन सक्छ
मोटोपना Obesity
जंकफुडमा धेरै चिल्लो, चिनी, र क्यालोरी पाइन्छ । अत्यधिक क्यालोरीयुक्त खाना शरीरमा गएर अत्यधिक बोसोको रूपमा सञ्चय हुन्छ । जसले गर्दा मोटोपनाको समस्या उत्पन्न हुन्छ । यसले हृदय रोग, उच्च रक्तचाप, र मधुमेहलाई निम्त्याउँछ ।
हृदय रोग Heart Diseases
जंकफुडमा रहेको अस्वस्थ्यकर चिल्लो Trans Fat र सोडियमले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ र रक्तनलीहरूमा बोसो जम्न सक्छ । यसले रक्तचाप बढाउँछ र हृदयघात तथा स्ट्रोकको जोखिम बढाउँछ ।
मधुमेह Diabetes
जंकफुडमा चिनीको मात्रा उच्च हुन्छ, जसले शरीरको इन्सुलिन उत्पादनमा समस्या ल्याउँछ । जसकारण यसले मधुमेहको जोखिमलाइ बढाउँछ, जुन दीर्घकालीन स्वास्थ्य समस्याहरूको कारण बन्न सक्छ ।
पाचन समस्याहरू Digestive Issues
जंकफुडमा प्रशोधित खाना र फाइबरको कमीले पाचन प्रणालीमा असर गर्छ । यसले कब्जियत, पेट दुख्ने, र अरू पाचन समस्याहरू निम्त्याउन सक्छ ।
मानसिक स्वास्थ्यमा असर Mental Health Impact
जंकफुडमा पौष्टिकतत्वको कमीले मस्तिष्कको क्रियाकलापमा नकारात्मक प्रभाव पार्छ । यसले डिप्रेशन, चिन्ता, र एकोहोरो हुने जस्ता समस्याहरू उत्पन्न गरी दिन्छ ।
प्रतिरक्षा प्रणाली कमजोर Weak Immune System
जंकफुडमा भिटामिन र खनिजको कमीले प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । यसले विभिन्न संक्रमण र रोगहरूको जोखिम बढाउँछ ।
दाँतका समस्या Dental Problems
चिनी र अम्लयुक्त खाना जस्तैः कोल्ड ड्रिंक्सले दाँतको इनामेललाई क्षति पु¥याउँछ । यसले दाँतमा किरा लाग्ने, गिजाको समस्या र दाँत झर्ने समस्याहरू निम्त्याउँछ । जंकफुडको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छ ।
मृगौला रोगको जोखिम Risk of kidney disease
जंकफुड सेवनमा उच्च सोडियम सेवन, अत्यधिक चिनी सेवन, अस्वस्थ्यकर बोसोको सेवन, मोटोपना, अप्रशोधित प्रोटीनको उच्च मात्रा, पोषकतत्वको कमी, क्रोनिक इन्फ्लेमेशनले गर्दा मृगौला सम्बन्धी दिर्घकालिन रोग लाग्ने उच्च जोखिम रहेको हुन्छ ।
जीवनबाट जंकफुड उन्मुलन गर्न यसो गरौं
आफ्नो जीवनबाट जंकफुड उन्मूलन गर्नु भनेको जंकफुडको सेवनलाई कम गर्दै स्वस्थकर खानपान र जीवनशैलीलाई प्राथमिकता दिनु हो । यो प्रक्रिया त्यति सहज छैन, तर आफ्नो बच्चा र आफू स्वयम्को जीवन बचाउने हो भने जंकफुड उन्मुलन गर्नुको अर्को विकल्प पनि छैन ।
यसरी उन्मुलन गरौं
सर्वप्रथम आफ्नो घरमा स्वस्थकर खानाको उपलब्धतालाई सुनिश्चित गर्नुहोस् । जस्तैः फलफूल, सागसब्जी, नट्स र सम्पूर्ण अन्न (ध्जयभि न्चबष्लक) राख्नुहोस् । यदि तपाई जंकफुडको अलवा स्वस्थकर विकल्पहरू हातमा राख्नुहुन्छ, जंकफुडको प्रलोभन स्वतः कम हुन्छ । बजारमा किनमेल गर्दा जंकफुडको खरिद बन्द गर्नुहोस् । यसो गर्न नसके पनि आजैबाट कम गर्नुहोस् ।
किनभने घरमा जंकफुड प्राप्त भएनभने यसको सेवन पनि स्वतः घट्छ । घरमै स्वस्थकर खाना पकाउने बानी बसाल्नुहोस् । घरमा पकाएको खाना सधैं पोषणयुक्त र स्वच्छ हुन्छ । जंकफुडको सट्टा स्वस्थकर खाजाहरू जस्तै फलफूल, योगर्ट, नट्स र भुटेको मकै खान शुरु गर्नुहोस् । हप्ताको खानाको योजना अगाडि नै बनाउनुहोस् । यसले तपाईलाई स्वस्थकर खाना पकाउन र खाने समय सुनिश्चित गर्न मद्दत गर्दछ । तपाईले आफ्नो योजना अनुसार खाना बनाउँदा बाहिरको हानिकारक खाना खाने सम्भावना कम हुन्छ ।
तपाईको जंकफुडप्रतिको प्रलोभनलाई नियन्त्रण गर्नुहोस् । यदि तपाईंलाई जंकफुड खान मन लाग्छ भने अन्य क्रियाकलापहरूमा ध्यान केन्द्रित गर्नुहोस् । त्यसका लागि किताब पढ्नु, छोटो हिँडाइ जानु वा पानी पिउनु । खानामा विविधता ल्याउनुहोस्, जसले गर्दा जंकफुड प्रतिको तपाईको रुची कम हुनेछ ।
कार्बोनेटेड पेयहरू र मिठाइयुक्त ड्रिंक्सको सट्टा पानी, हरियो चिया वा फलफूलको रस प्रयोग गर्नुहोस् । तपाईको परिवार, साथीहरू, वा समुदायका सदस्यहरूसँग मिलेर स्वस्थकर खानपान र जीवनशैली अपनाउन प्रेरित गर्नुहोस् । जंकफुडका हानिकारक प्रभावहरूबारे जान्नुहोस् र बुझ्नुहोस् । जंकफुडको नकारात्मक असरबारेको ज्ञानले सही निर्णय गर्न र स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ । यसरी, बिस्तारै र योजनाबद्धरूपमा यी उपायहरूको पालना गरेर जंकफुडको उन्मूलन गर्न सकिन्छ । जसले दीर्घकालीन स्वास्थ्य सुधार गर्न मद्दत पु¥याउँछ ।
जंकफुड निषेध अभियानमा हातेमालो गरौं
हामीले माथि जंकफुडको नकारात्मक असर र यसको उन्मुलन गर्न कस्तो स्वास्थ्य जीवनशैली निर्माण गर्ने भन्नेबारे छलफल ग¥यौं । तर, यति छलफलले मात्र यो डरलाग्दो समस्याको समाधान हुँदैन । जंकफुडको हानिकारकता र यसलाई आफ्नो जीवनबाट प्रतिबन्ध गर्ने र स्वस्थ्य जीवन बाँच्ने कुरा सोचेपछि जंकफुडलाई जीवनबाट प्रतिबन्धित गर्न सकिन्छ । आजकल स्कूले बालबालिकाहरुमा जंकफुडको अत्यधिक प्रयोग गर्ने अवस्था बनेको देखिन्छ । शिक्षण संस्थाहरुमा सञ्चालन भइरहेका क्यान्टिनहरुमा प्राय जंकफुड नै बनाएको पाइन्छ ।
अज्ञानता वा व्यस्त जीवनको कारण अभिभावकहरुले बालबालिकालाई पठाउने टिफिनमा पनि जंकफुडकै प्रयोग भएको पाइन्छ । शिक्षण संस्था र अभिभावकले जंकफुडलाई नियन्त्रण गर्ने सोच र योजना नबनाउने हो र यसरी नै जंकफुडको निरन्तर प्रयोग गर्ने हो भने तपाईको बालबालिकाको जीवन दर्दनाक बन्ने निश्चित छ । बालबालिकाहरु दीर्घरोगको सिकार बन्ने, शरीरका महŒवपूर्ण अंगहरुमा गम्भीर क्षति पुग्ने स्थिती बन्छ । यसले तपाईको बच्चा, तपाई र सिंगो समाजले दुःख पाउने अवस्था बन्छ । त्यसैले जंकफुड प्रतिबन्ध गरौं, आफ्नो बच्चाको ज्यान बचाउने कार्य गरौं ।
यस्तो भयानक समस्याको रुपमा रहेको जंकफुड प्रयोग नगर्न शिक्षण संस्थाले सबैभन्दा पहिला भूमिका खेल्नु पर्छ । सबै शिक्षण संस्थाहरुमा यो ज्यानमारा जंकफुडलाई प्रतिबन्धित गर्ने अभियानको थालनी गर्न आवश्यक छ । अभिभावकहरुमा जंकफुडलाई प्रयोग नगर्नेबारे जागरण अभियान सञ्चालन गर्न आवश्यक छ । माथि चर्चा गरिए जस्तै आफ्नो खानपान, भान्सा र आचरणमा परिवर्तन गर्ने कामलाई कडाइपूर्वक लागू गर्नुपर्ने अवस्था छ ।
शिक्षण संस्थासँग सम्बन्धित सरोकावाला निकायहरु, राज्य प्रशासन, स्वास्थ्यकर्मी, स्थानीय सरकार, राजनीतिक दल, बुद्धिजीवी र समाजका अगुवा सबैले ज्यानमारा जंकफुडलाई प्रतिबन्धित गरेर नागरिकहरुको स्वास्थ्यलाई सबल पार्न भूमिका खेल्न पर्छ । यसमा नेपाल कम्युनिष्ट पार्टी र सम्बद्ध जनवर्गीय संगठनहरुले पत्रकार सम्मेलन मार्फत जंकफुडलाई प्रतिन्धित गर्ने घोषणा नै गरेको अवस्था छ । र, यो बिषय नेकपाको मात्र होइन सिंगै समुदायको बिषय हो । यसको निम्ति जंकफुड निषेध अभियान सञ्चालन गर्ने सर्वपक्षीय अभियानको घोषणा नै गर्न सकिन्छ ।
शिक्षण संस्था, अभिभावक, प्रशासन, पालिका प्रतिनिधी, पत्रकार, कानून व्यवशायी, विद्यार्थी लगायतको एउटा बृहत अन्तरक्रिया गर्न सकिन्छ । राज्यलाई कर तिरेकै भरमा मुनाफको निम्ति नागरिकहरुलाई मार्न जताततै खुलेका जंकफुड उत्पादन गर्ने उद्योगहरु ले पनि सोच्ने बेला आएको छ । लाइसेन्स लिएर जनता मार्न पाइँदैन । नेकपाले जंकफुड निषेधको अभियान सञ्चालन गर्दैछ, सबैले हातेमालो गरौं ।