झापा । झापाको बिर्तामोडमा ‘क्विक फुड जोड’ सञ्चालनमा आएको छ ।
सबै प्रकारका खाजा र खानाको व्यवस्थापन गर्दै तीस लाख रुपैयाँ भन्दा बढीको लागतमा युवा व्यवसायी प्रकाश श्रेष्ठले ‘क्विक फुड जोन’ सञ्चालनमा ल्याएका हुन् ।
खाजाका परिकारलाई निःशुल्क ‘होम डेलिभरी’ समेत गरिने र सेवाग्राहीलाई जतिसक्दो छिटो सेवा दिन फुड जोन सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठको दावी छ ।
बिर्तामोडस्थित भाटभटेनीको पश्चिम तर्फ भाटभटेनीसंगै जोडएको घरमा फुड जोन रहेको छ । एक पटकमा ६० जनासम्म बसेर खान सकिने र मिटिङ हलको समेत व्यवस्था रहेको बताइएको छ । फुड जोन सञ्चालनसंगै आठ जनालाई रोजगार प्रदान गरिएको बताइएको छ ।
‘क्विक फुड जोड’मा सबै प्रकारका पेय पदार्थ सहित चिकन र मटनका पारखीका लागि फरक फरक स्वादमा त्यस्ता सामग्री उपलब्ध गराइने भएको छ । विशेष गरी युवा वर्गलाई लक्षित गर्दै फुड जोड सञ्चालनमा ल्याइएको बताइएको छ ।