झापा, डेंगू रोगको संक्रमणबाट झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
न्यूटन एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत विद्यार्थी आलोकजंघ बस्नेतको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत बिद्यार्थीको उपचारकै क्रममा निधन भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिए । उनको आठ वर्षको उमेरमै निधन भएको हो ।
विद्यार्थीको निधनसंगै आइतवार विद्यालय बन्द रहने भएको छ । विद्यलयकी संस्थापक अध्यक्ष धर्मा पराजुली प्रसाई र प्रिन्सिपल हुमागाईले विद्यार्थीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवार स्तव्ध र मर्माहत बनेको बताएका छन् ।
समवेदना पत्रमा पीडाको क्षणमा रहने हाम्रा अभिभावक नेत्र प्रसाद– लक्ष्मी वस्नेत, दिदी अल्का बस्नेत सहित समस्त वस्नेत परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरिएको छ ।