‘सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी कर्मचारीले सेवा प्रवाह गर्नुपर्छ’

0
27
भद्रपुर  विविध कार्यक्रम आयोजना गरेर झापामा २१औँ निजामती सेवा दिवस  मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास समृद्धि र सुशासन’ मूल नाराका साथ आज बिहान प्रादेशिक अस्पताल भद्रपुर परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरियो ।
कर्मचारी मिलन केन्द्र झापाद्वारा आयोजित  उक्त कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी कर्मचारीले सेवा प्रवाह गर्नुपर्छ भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नागरिकस्तरमा खस्किदै गएको निजामती कर्मचारीको छविलाई उकास्नुपर्नेमा जोड दिनुभयो । “निजामती कर्मचारीले राजनीतिक अस्थिरता, भगौलिक विगटता, न्यून पारिश्रमिकलगायत जस्तोसुकै परिस्थितिमा काम गरिसकेको मुलुकको स्थायी सरकारको रुपमा रहेकाले निजामती कर्मचारीका लागि आज गौरवको दिन हो”, उहाँले भन्नुभयो ।
मिलन केन्द्रले आज बिहानै जिल्ला कारागार झापाका कैदीबन्दीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । यसैगरी झापा जिल्लामा कार्यरत स्थायी कर्मचारीका छोरा/छोरीमध्ये उत्कृष्ट अङ्क ल्याई माध्यामिक शिक्षा परीक्षा (एसइई )उत्तीर्ण हुनेलाई नगदसहित सम्मान गरिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here