भद्रपुरमा गणेश चतुर्थी मनाइयो

0
15

भद्रपुर, झापा । आज भाद्र शुक्ल चौथी । यही तिथिमा पर्ने गणेश चतुर्थी पर्व झापाको सदरमुकाम भद्रपुरमा आज धुमधामका साथ मनाइएको छ ।

भद्रपुर ८ स्थित भद्रसिद्धि विनायक गणेश मन्दिरमा आज प्रातःकालीन पूजा–अर्चना तथा सन्ध्याकालीन भजन–आरतीका साथ यस वर्षको गणेश चतुर्थी पर्व धुमधामका साथ मनाइएको हो । मन्दिरमा आज विहानैदेखि भगवान गणेशको पूजा आजाका लागि भक्तजनको भीड लागेको थियो भने साँझ मन्दिर परिसरमा भजन कलाकारहरुको प्रस्तुति रहेको भजन सन्ध्या गरिएको मन्दिर समितिका अध्यक्ष सशील अग्रवालले जानकारी दिए । भगवान श्रीगणेशको पूजा–आराधना र भजन सन्ध्यामा सहभागिताका लागि सीमावर्ती भारतीय क्षेत्रबाट समेत उल्लेख्य संख्यामा भक्तजनो आगमन भएको अध्यष अग्रवालले बताए ।
गणेश चतुर्थी पर्व भव्यरुपमा मनाउने गरी मन्दिर परिसरलाई आकर्षक पण्डाल र झिलिमिली बत्तीले सजाइएको थियो । सो मन्दिरमा हरेक वर्ष यसरी नै धुमधामका साथ गणेश चतुर्थी पर्व मनाइँदै आएको अध्यक्ष अग्रवालले बताए ।

भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत, विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने गर्दछन् । सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छन् भने विद्या, बुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मान्ने गर्दछन् ।

गणेश चतुर्थीमा गरिएको भगवान गणेशजीको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here