बिर्तामोड ।
वीरता जेसीजले आगामी असोज पहिलो साताबाट जेसीज सप्ताह गर्ने भएको छ । वीरता जेसीजका अध्यक्ष विकाश बस्नेतको अध्यक्षतामा बसेको चौथो कार्यसमिति बैठकले असोजको पहिलो सातादेखि जेसीज सप्ताह मनाउने निर्णय गरेको हो ।
जेसीज सप्ताहमा यस पटक ट्रेनिङ, खेलकुद, साहित्य, स्वास्थ्य लगायतका विधामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जेसीज सप्ताह मनाउने निर्णय भएकाो वीरता जेसीजका महासचिव सुमन पोद्धारले जानकारी दिए । जेसीज सप्ताह सम्पन्न गर्न मुल आयोजक समितिको संयोजकमा अमरजीत साहलाई चयन गरिएको छ ।
असोज ११ र १२ गते धुलाबारी जेसीजको आतिथ्यमा हुने क्षेत्र क सम्मेलनमा वीरता जेसीजले ब्यापक सहभागिता जनाउने साथै एरिया क्षेत्र क सम्मेलन सफल पार्न सबैसंग आह्वान समेत गरेको छ ।
यसैबीच वीरता जेसीजले जेसीजका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउदै वीरता जेसीजका क्रियाकलापमा सहयोग गर्नेहरुलाई जेसीज अफ द मन्थले सम्मान गरेको छ । वीरता जेसीज अफ द मन्थबाट जुन महिनामा अजय अधिकारी, जुलाई महिनामा बसन्त ढकाल, मे महिनामा प्रभात मास्के र अगष्ट महिनामा सुशिल थापा जेसीज अफ द मन्थ बाट सम्मानित भएका हुन् ।
उनीहरुलाई वीरता जेसीजका अध्यक्ष बस्नेतले जेसीज अफ द मन्थको अवार्ड प्रदान गरेका थिए ।