बिराटनगर,
मोरङको सुन्दरहरैचा नगरपालिका – ३ बरमनियामा रहेको चडेश्वर शिव पञ्चायन मन्दिर बाबा बिश्वनाथ धामको दोश्रो साधारण सभा सम्पन्न भएको छ। प्रमुख अथिति सुन्दरहरैचा –३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगानाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
उद्घाटनपछि साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अथिति ढुंगानाले मन्दिरको बाँकी संरचना निर्माणको लागि पहल गरेर आवश्यक सहयोग गर्ने बताएका थिए। उनले यस मन्दिरलाई स्थानीयले सरकारले पनि पनि बडो महत्वका साथ हेरिरहेको भन्दै यसलाई फुलाउने फलाउने कार्यको लागि वडा कार्यालय सधै लागिरहने बताएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि जीवन प्रसाद ढुंगानाले पनि यस मन्दिर सुन्दरहरैचा भित्रकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको बताउदै यसको संरक्षण गर्न सबै लग्नुपर्ने बताएका थिए।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष तथा मन्दिर व्यवस्थापन समितका अध्यक्ष रुद्र प्रसाद पोखरेलले मन्दिरलाई अझ व्यवस्थित र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिरपरिचित गर्नको लागि विभिन्न धार्मिक,सामाजिक,सास्कृतिक तथा भजनकृतन कार्यक्रम संचालन गर्नको लागि एक सामुदायिक भवन आवश्यक रहेको बताए।
मन्दिर प्रवेशद्वारको मुलगेट मर्मत सम्भार गर्ने पर्ने बताउदै अध्यक्ष पोखरेलले इनार सहितको अटोमेटिक धारा निर्माण गरी जसमा शिवजीको जट्टाबाट पानी झरिरहने बनाईने बताए। उनले मन्दिर स्थापना काल देखि पहिलो साधारण सभा र नया व्यवस्थापन समित चयन भएपछि चांड पर्व,उत्सवहरुमा विभिन्न कार्यक्रम गर्दै आएको र यसलाई थप सशक्त बनाईने समेत बताए।
उनले साधारण सभामा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। संचालक समितिको तर्फबाट कोषाध्यक्ष मिरा खड्काले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन्। कार्यक्रमको सहजीकरण व्यवस्थापन समितिका सचिव सिताराम खड्काले गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधि,विभिन्न संघ सस्थाका प्रतिनिधि,स्थानीय बासी, व्यवस्थापन समितिका उपाध्यक्ष लाल बहादुर खड्का,महिला उपाध्यक्ष अम्विका पौडेल लगायत अन्य पदाअधिकारीहरुको उपस्थिति रहेको थियो।