योगेन्द्र योगी,
बिराटनगर।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज देखि आमरण अनसन बस्ने भएका छन्।
कोशी प्रदेश सरकारको अकर्मण्यता, अक्षमता, लाचारीपन तथा जनविरोधी कार्यका विरुद्ध निवर्तमान मुख्यमन्त्रीको नेतृत्वमा आज ४ बजेबाट आमरण अनशन सुरु हुने बताईएको छ। उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभा भवन अगाडि आमरण अनसन बस्ने बताएका थिए।
उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आइतबार ४८ घण्टाको अल्टिमेटम दिएका थिए । उनको माग पुरा नभए आमरण अनसन बस्न लागेका हुन्। उनले भने, ‘बरु मर्न तयार छु तर अनसनको छोडेर हिँड्दिन।’ बरु सबै दलको सर्मथन जुटाउन लागिपरिरहेको छु।
जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई प्रदेश सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य भईरहेको प्रति उनले खेद समेत व्यक्त गरेका छन् । उनले थप भनेका छन् ,’ म मेरो अड़ानमा प्रतिबद्ध छु । मैले संसदमा अनसन बस्छु भनेको कुराबाट पछि हटेको छैन र हटदिन पनि जनताको मतको ऋण तिर्न म मृत्युमा जान पनि तयार छु ।
यस्ता छन् कार्कीका मागहरु
दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने। बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने।
शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने। घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने।
सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने। कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने। डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग रहेका छन् ।