दुई सय ४८ किलो गाँजा नियन्त्रणमा

0
23

सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदीबाट बेवारिसे अवस्थामा अवैध गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीमा ३ वटा ट्यूव माथी (८बोरा) २ सय ४८ किलोग्राम अबैध गाँजा बग्दै गरेको अवस्थामा फेला पारेको हो ।

बरामद भएको गाँजा नियन्त्रणमा लिएर अन्य थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here