झापा, चाडपर्वलाई लक्षित गर्दै झापाको बिर्तामोडमा आजबाट जुत्ता चप्पल मेला शुरु भएको छ । गत वर्षपनि आयोजना गरिएको मेला यो वर्ष चाडपर्वलाई लक्षित गर्दै शुरु गरिउको हो । मेलाको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतरा प्रसाईले गरेकी छिन् ।
मेला उद्घाटन गर्दै मेयर प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरिन ।
गत बर्ष आयोजना गरेको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गरेको हो
बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक ुनेपाली जुत्ता घरु रहेको छ ।
‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन् ।
मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।
एक महिनासम्म सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।
मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।