नाई संघको विर्तामोड नगर समिति गठन

0
152

विर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ विर्तामोड नगर समितिको अध्यक्षमा चन्दन ठाकुर निर्वाचित हुनुभएको छ । विर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको भेलाले ठाकुरको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अमर ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा दुखन ठाकुर र कोषाध्यक्षमा ओमप्रकाश ठाकुर निर्वाचित हुनुभएको छ ।
समितिका सदस्यहरुमा सत्ययम ठाकुर, अमित ठाकुर, मुकेश ठाकुर, विवेक ठाकुर, पप्पु ठाकुर र अशोक ठाकुर चयन हुनुभएको छ ।
नेपाल नाई संघका केन्द्रीय सदस्य विजय ठाकुरको प्रमुुख आतिथ्य र नेपाल नाई संघ झापाका अध्यक्ष मनोजकुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य सजेश शिवाकोटी, नेपाली कांग्रेस विर्तामोड नगर समितिका कार्यबाहक सभापति सूर्यप्रसाद कन्दङ्वा, महाधिवेशन प्रतिनिधि घनश्याम चौधरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here