मोरङ, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनसन स्थलबाटै पक्राउ परेका छन् । उनी पक्राउ परेसंगै सुरक्षाकर्मी र उनका समर्थकबीच दोहोरो झडप भएको थियो ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरूको संख्या पनि यकिन छैन । झडपका कारण प्रदेशसभा भवन नजिकको अनशनस्थल तनावग्रस्त बनेको छ ।
अनसन स्थलबाट प्रहरीले काार्कीलाई झ्याईकुटी पारेर उठाएको थियो । उनलाई लगत्तै घर पु¥याइएपनि उनी गाडीबाट झर्न नमानेपछि स्थिति थप तनावग्रस्त बनेको हो ।