काठमाडौँ ।
चार वर्षयता रोकिएको जग्गाको कित्ताकाट खुलेको छ ।
स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेका कारण खुलेको हो ।
जग्गा कित्ताकाटमा चार वर्षयता समस्या थियो ।
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्न पाएका थिएनन् ।देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको हो ।
मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाउने राजपत्रमा सूचना प्रकाशन भएपछि जग्गाको कारोबार खुल्नेछ ।