कमल ।
झापाको कमल गाउँपालिका ३ स्थित सिंहदेवी मन्दिर व्यवस्थापन समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा कमल गाउँपालिका ३ स्थित सिंहदेवी मन्दिर सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष धन राज गिरी प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरको जग्गा घेराबारा गर्ने , भौतिक संरचना निर्माण गर्ने, हाल सन्चालमा रहेको सामुदायिक भवनलाई सुविधा सम्पन्न सभाहल बनाउने लगाएतका कार्यक्रम रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्थानीय तहले पछिल्लो समयमा विकास निर्माणको बहानामा सडक निर्माणलाई मात्र प्राथमिकता दिएको छ । धार्मिक पर्यटन तर्फ कसैको ध्यान पुगेको छैन । मन्दिर व्यवस्थापन समितिले यस तर्फ ध्यान दियोस् यसका लागी आफूले सक्दो सहयोग गर्ने कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बताए ।
साधारण सभा सफलताको शुभकामनाका क्रममा समाजसेवी चक्र बहादुर गुरुङ्ग, केदार चापागाईँ लक्ष्मण बोहोरा, मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोला कोइराला, हाम्रो टोल विकास संस्थाका अध्यक्ष आशिस लेछर्वो , वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँपालिका अध्यक्ष गंगाराम रिमाल लगायतले मन्दिर निर्माणमा स्थानीय केही व्यक्तिको तर्फ बाट समय समयमा विवाद श्रृजना गर्ने र मन्दिरका तर्फ बाट निर्माण हुदैगरेको काममा अवरोध गर्ने भएकोले त्यस्ता व्यक्तिलाई समाजले छुट दिनुनहुने भन्दै सबै मिलेर मन्दिरको निर्माणमा लाग्नुपर्ने सुझाव सहित साधारण सभा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रम गजलकार विवश वलिभन्द्र कोइरालाले सञ्चालन गरेका थिए भने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष निर्मला नेपालले शाब्दिक शब्द द्वारा स्वागत गरेकी थिईन् ।