जुत्ता–चप्पल मेला शुरु

0
39

झापा ।

चाडपर्वलाई लक्षित गर्दै झापाको बिर्तामोडमा मंगलवारबाट जुत्ता चप्पल मेला शुरु भएको छ । गत वर्षपनि आयोजना गरिएको मेला यो वर्ष चाडपर्वलाई लक्षित गर्दै शुरु गरिएको बताइएको छ । मेलाको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतारा प्रसाईले गरेकी थिइन् ।

मेला उद्घाटन गर्दै मेयर प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने भन्दै मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरिन् । गत बर्ष आयोजना गरेको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यस बर्षपनि मेला आयोजना गरेको हो ।

बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजकुनेपाली जुत्ता घर रहेको छ ।

‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरी ५ वटा कम्पनीको २५ वटा स्टल छन् । मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।

एक महिनासम्म सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here