छविराज ढकाल
मोरङ,
मोरङको पथरीशनिश्चरे नगरपालिका स्थानीय भाषा विकास र संरक्षणका लागि रहेको छ । पछिल्लो समयमा यस नगरपालिकामा चाम्लिङ राई, लिम्बू जस्ता स्थानीय भाषाहरूमा अध्यापन हुदै आएका छन् ।
भाषिक विकासमा लागिपरेको यो नगरपालिकाको वडा नं. ७ मा रहेको चन्द्रकिरातेस्वर माविमा चाम्लिङ राई भाषामा पठाई हुँदै आएको छ भने ४ नं. वडाको भागिरथ माविभाषिकमा लिम्बू भाषा, २ नं. वटाको विश्वनाथ सांस्कृतिक पाठशालामा संस्कृत विषय पठनपाठन हुँदै आएको छ । त्यसैगरी १० नं. वटामा रहेको दुई वटा स्थानमा अनौपचारिक शिक्षाको रुपमा लिम्बू भाषा पठनपाठनमा नगरपालिकाले सहयोग गर्दै आएको नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताउनुभयो ।
भाषा सम्बन्धी राष्ट्रिय नीति
संघीय लोकतन्त्र स्थापनापछिको नेपालको संविधानले नेपालमा बोलिने सबै भाषाहरुलाई राष्ट्रिय भाषा भनेको छ । संघीय शिक्षा ऐन-२०७५, राष्ट्रिय शिक्षा नीति-२०७६, स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत तह (कक्षा १-८ं) सम्म बाहुल्य रहेको विद्यालयमा भाषामा पढ्ने वातावरण बनाउनुपर्ने उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार १०० पूर्णङ्कको स्थानीय बिषय समावेश गरेर पाठ्यक्रम/पाठ्यपुस्तक बनाएर लागू गर्न पाउने वा स्थानीय भाषा पठानपाठन गर्न पाउने कानूनी व्यवस्था रहेको छ । यद्यपि स्थानीय पाठ्यक्रम निर्माण नभइसकेको पालिकाहरुमा स्थानीय भाषा पढाउनु पर्नेमा ऐच्छिक अंग्रेजी बिषय पढाउदै आएका छन् ।
यसैगरी, पथरीशनिश्चरे नगरपालिका-१, स्थित सुनाखरी माविमा विगत चार बर्षदेखि चाम्लिङ राई भाषाको पठन पाठन हुँदै आएको छ । सुनाखरी माविमा विगत चार बर्षदेखि चाम्लिङ राई भाषा पठनपाठन हुँदै आएको हो । सरोकार वाला संस्था किरात राई यायोक्खाका केन्द्र र नगर समितिका पदाधिकारी÷सदस्यहरुले नगरको विभिन्न विद्यालयहरुको साथै नगपालिकामा पहल गरेको थियो ।
भाषाको पठनपाठन गर्न नगर शिक्षा बिभागले स्वीकृति दिएपछि चाम्लिङ राई खाम्बातिमको पहलमा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र एक पटक कक्षा ३ सम्मको भाषाको पुस्तक दिएको थियो । पाठ्यक्रम विकास केन्द्रमा चाम्लिङ राई भाषाको पुस्तक सकिएपछि सुनाखरीमा तीन बर्षदेखि पुरानै पुस्तक पढाइरहेको थियो । किरात राई यायोक्खाको पहलमा पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा कक्षा ५ सम्मको पुस्तक प्रकाशन गरिदिएको हो ।
प्रकाशित पुस्तक नगर प्रमुख मोहनप्रसाद तुम्बापो, शिक्षा बिभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव समेत रहेका विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राई, नगर अध्यक्ष प्रेम वाम्बुले राई लगायतले संयुक्त रुपमा विद्यालयलाई हस्तान्त्रण गरेका हुन ।
पुस्तक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगर, भाषा शिक्षिका नुमा राईलाई हस्तान्तरण भएको हो । भाषा पठनपाठनको लागि नगरपालिकाले न्युनतम पारिश्रमिकमा स्वायम सेवक शिक्षक दिएको छ ।
भाषाको पुस्तक र शैक्षिक वातावरणको अभाव हुन दिन्नः खुलाल पुस्तक हस्तान्त्रणपछि बोल्दै नगरशिक्षा विभाग प्रमुख नवीन खुलालले आगामी दिनमा नगरमा भाषिक पुस्तक लगायत शैक्षिक वातारणको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।