बिर्तामोड ।
झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट उद्योगको गेटअगाडि कुकर बम जस्तो देखिने शंकास्पद फेला परेको छ ।
गिरीबन्धु टी इस्टेटको उद्योगको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । कुकर कतै पड्काएर र्तसाउने उद्धेश्यले राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बमसंगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्रसित र आतंकित पार्ने उद्धेश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।
घटना स्थलमा करिब २० मिटर लामो तार, एक थान ब्याट्री र पड्किसकेको कुकर फेला परेको प्रहरीले जनाएको छ ।