झापा र इलाममा वेब सिरिजको सुटिङ्ग असोज पहिलो साता देखि

0
139

झापा ।

नेपाली वेब सिरिज ‘कम्पनी’ निर्माण हुने भएको छ । बिहिबार बिर्तामोडको प्राचिनमा पत्रकार सम्मेलन गर्दै उक्त सिरिजकोबारेमा जानकारी गराइएको थियो । ‘क’ प्रोडक्सनको ब्यानरमा आउन लागेको उक्त वेब सिरिजलाई किरण राईले निर्देशन गर्ने भएका छन् ।

नेपाली वेब सिररिजहरु मध्ये डार्क कमेडी जनरामा निर्माण गरिन लागेको यो वेब सिरिज, जनराको हिसाबले नेपालमा नै पहिलो प्रयास रहेको निर्देशक राईको दाबी छ । गोर्खा वरियार, लुङ्गा, नागा जस्ता चलचित्रमा अभिनय गरिसकेका नायक भुवनसिं राईलाई पनि हामी यस वेब सिरिजमा देख्न सक्छौ ।

बर्तामान परिबेशका युवाहरुको कथा यसले भने पनि आफ्ना पुराना दिनहरु ताजा गराएकाले पनि आफु यस प्रोजेक्टमा जोडिएको उहाँले बताउनु भयो । नायक भुवनसिं राई चलचित्र ‘ऊनको सुइटर’ को सुटिङ्ग सिध्यए लगतै ‘कम्पनी’ को लागी बिर्तामोड आएका हुन ।

चलचित्र ज्याकी आएम ट्वान्टीवान र रुदानेमा आफ्नो अभिनय क्षमता देखाइसकेका कलकार सूर्यमान लिम्बुसहित यस वेबसिरिजका अधिकांश कलकारहरु अहिले वार्कशपमा ब्यस्त रहेको लाइन प्रोड्युसर राज मुखियाले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

झापा र इलामका बिभिन्न स्थानहरुमा छायंकन गरिने यो वेब सिरिजको सुटिङ्ग असोजको पहिलो साता देखि गरिने निर्देशक किरण राई जानकारी गराए । कम्पनीमा सुर्यमान लिम्बु, भुवनसिं राईको अलाव रमेश बुढाथोकी, शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वास्कोटा, तायाहाङ राई, संझना राई, अलिशा क्षेष्ठ, निशान लुइटेल लगायत ३५ भन्दा थुप्रै कलकारहरुका अभिनय दर्शकहरुले हेर्न पाउने छन् । कम्पनीको निर्माता चन्द्र राई र कार्यकारी निर्माता सुरेश राई हुन ।

सम्पादन र कलर करेक्सन जगन राईको रहने छ । यसलाई संयुक्त रुपमा दिलिप थाम्सुहाङ्ग, सुमित राई र शिवराज कोइरालाले खिच्ने छन् । यसको कथा,पटकथा आफु स्वयंले लेखेको निर्देशक किरण राईले बताए ।

दिपचन राई प्रस्तुतकर्ता रहेकोे कम्पनी को पहिलो श्रृङखला ५ भागको रहने छ । निर्देशक राईको अनुसार यो वेब सिरिज पौषको पहिलो साता देखि खुडकिलो युटुव च्यानल मार्फत दर्शकहरुले हेर्ने पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here