कमल ।
झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पतालमा आइतवारबाट दाँत सम्बन्धीको सेवा थप हुने भएको छ ।
अस्पतालमा हरेको हप्ताको आइतवार र विहिवार दुई दिन दाँत सम्बन्धी सम्पुर्ण उपचार हुनेगरी सेवा थप गर्न लागिएको अस्पताल प्रसाशनले जनाएको छ ।
दँत सम्बन्धी उपचार गर्न स्थानियबसीलाई आर्थिकका साथै समय समेत धेरै खर्चिनु परेकोले गर्दा त्यसलाई न्युनिकरण गर्न आफ्नै पालिकाको अस्पतालका दाँत सम्बन्धीको सम्पुर्ण सेवा भदौ ३० गते बाट थप गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
आमा डेण्टल केयर प्रा.लिं दमकको प्राविधिक सहयोगमा दाँतको एक्स रे, दाँत परिक्षण, दाँत खोल्ने, दाँत तथा गिजा सम्बन्धी समस्याको पहिचान र उपचारका साथै प्राविधिकको सहयोगमा पालिका भित्रका सामुदायिक विध्यालयमा अध्यायनरत विध्यार्थीको समेत दाँत परिक्षण गरिने कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जनाकारी दिए ।