प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिताको उपाधि सोनापुरलाई

0
85

योगेन्द्र योगी
बिराटनगर,

मोरङमा सञ्चालन गरिएको प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिताको उपाधि सोनापुर क्लव सुनसरीले जितेको छ । सुन्दरहरैचा नगरपालिका वडा नं. १ स्थित हात्तिसार खेल मैदानमा हरैचा स्पोर्ट्स क्लबको आयोजनामा प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

आयोजक हरैचा स्पोर्ट्स क्लब र सोनापुर क्लव बीच भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकर मार्फद हरैचा स्पोर्ट्स क्लबलाई ३-१ ले हराउदै सोनापुर क्लवले प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । विजेता सोनापुरले ३० हजार रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै, उपविजेता हरैचा स्पोर्ट्स क्लबले दोस्रो पुरस्कार स्वरुप २० हजार रुपैया, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी अनिस पोमा,बढी गोल गर्ने निकेश दास र म्यान अफ द सिरिज आयुस चौधरीलाई पनि नगद,मेडल प्रमाणपत्र वितरण गरिएको हरैचा स्पोर्ट्स क्लबका सचिव घनश्याम रिमालले जानकारी दिए। भदौ २१ गतेदेखि सुरु भएको भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

दोश्रो पुरस्कारको प्रायोजक हरैंचा मोडेल इङ्गलिस स्कुलले गरेको थियो। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा विजयी टिम, खलाडीहरूलाई सुन्दरहरैचा -१ का अध्यक्ष राम बिश्वास खवास,हरैंचा मोडेल इङ्गलिस स्कुलका प्रिन्सिपल रुद्र थापा र आयोजक हरैचा स्पोर्ट्स क्लबका अध्यक्ष ओम प्रकाश मास्केले पुरस्कार वितरण गरेका थिए ।

आगामी दिनहरुमा पनि यस्ता खालका प्रतियोगताहरुलाई निरन्तरता दिने क्लबका अध्यक्ष मास्केले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here