अर्जुनधारा ।
नेकपा एमाले पार्टी निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज अर्जुनधाराको शुक्रबार सम्पन्न दोस्रो नगर अधिवेशनले राजकुमार बर्देवाको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको छ ।
आगामी दुई वर्षे कार्यकालको लागि नवगठित कमिटीको उपाध्यक्षद्वयमा धनकुमार नेपाली र सुजता रसाइली, सचिवमा वीना विसुङखे, उपसचिवद्वयमा चेतन गहतराज र रेनु रम्तेल, कोषाध्यक्षमा मनिता बर्देवा चयन भएका छन् ।
“सारा उत्पीडित जाति एक हौं”भन्ने मुख्य नारासहित अर्जुनधारा–८स्थित मंगल मर्डी स्मृति प्रतिष्ठानको सभाहलमा समाजका कार्यवाहक अध्यक्ष राजकुमार बर्देवाको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि पार्टी कोशी प्रदेश कमिटीका सदस्य एवम् समाजका केन्द्रीय सदस्य कौशिलाल परियार “भोला”ले उद्घाटन गरेका थिए ।
सोही कार्यक्रममा संगठनमा आबद्ध भई लामो समय योगदान पु¥याउने २५ जना वृद्ध र १५ जना वृद्धासहित ४० जनालाई सम्मानित गरिएको पार्टी अर्जुनधारा नगर कमिटीका उपाध्यक्ष एवम् समाज झापाका उपाध्यक्ष रमेशकुमार दर्जीले जानकारी दिए ।
कार्यक्रममा पार्टी झापाका सचिवलाय सदस्य छविलाल विश्वकर्मा, सदस्य कमल गुरागाईं, पार्टी नगर कमिटीका अध्यक्ष वृखबहादुर प्रधान, समाज झापाका सदस्य गोपाल लकान्द्री, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका सदस्य धनकुमार नेपालीले स्वागत गरेको उक्त अधिवेशनको सञ्चालन सचिव वीना विसुङखेले गरेकी थिइन् ।