पूर्ब राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष ‘ प्रचण्ड’को जम्काभेट, बुद्ध एयरको उडान रद्ध

0
322

झापा । पूर्ब राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’को चन्द्रगढीस्थित विमानस्थलमा जम्काभेट भएको छ ।
केही दिन अघिदेखि झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्कने क्रममा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभालाई सम्बोधन गरेर फर्कने क्रममा विमानस्थलमा भेट भएको हो । पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल बुद्ध एयरको दिउँसो ४.२५ बजेको बुद्ध एयरको विमानबाट काठमाडौ फर्किन लागेका थिए । बुद्ध एयरको सेकेन्ड लास्टको ९६० विमान डिले भएर साँझ ६.३० बजे मात्र चन्द्रगढी विमानस्थल आइपुगेको थियो । त्यस्तै पूर्व राजा शाह बुद्ध एयरकै अन्तिम विमान ९.२ बाट फर्किन लागेका थिए । सो विमान पनि चन्द्रगढी विमानस्थलमा आइपुगेपनि खराव मौसमका कारण काठमाडौ फर्किन नसकेको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए । उनले बुद्धका दुईवटा र यति एयरलाइन्सका एउटा गरी तीनवटा विमान खराव मौसमका कारण उडान भर्न नसकेको जानकारी दिए । तीन वटा विमानको उडान रद्ध हुँदा धेरै यात्रुहरु अलपत्र परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here