बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने

0
47

झापा । झापाको बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ ।

स्टडी पार्क एजुकेशन बिर्तामोडले असोज १ गते बिर्तामोडस्थित सिटी सेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो ।

आयोजक संस्था स्टडी पार्कले आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारी बारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार विदेश अध्ययनका लागि जाने विद्यार्थी र अभिभावकलाई सहजताका लागि शैक्षिक मेलाको आयोजना गरिएको हो ।

मंगलबार बिहान ९ बजेदेखि शुरु हुने शैक्षिक मेलामा विभिन्न पुस्तकका स्टल, स्वास्थ्य शिविरसहित ३०० वटा कलेजको जानकारी लिन सकिने छ, जहाँचाँही १० वटा भन्दा बढी स्टल रहने संयोजक बुढाथोकीले पत्रकार सम्मेलनमा बताए ।

उनले स्टडी पार्क एजुकेशनको इलाम बजार र फिक्कलमा पनि शाखा रहेको बताउँदै इलाममा रहेको शाखामा समेत असोज २ गते शैक्षिक मेलाको आयोजना गरिने बताएका छन् ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको स्टडी पार्कले न्युनतम शुल्कमा लोकसेवाका कक्षाहरु पनि असोज ६ गतेदेखि सञ्चालन गर्ने सञ्चालक सरोज पौडेलले बताए ।

त्यस्तै पौडेलले स्टडी पार्कले ड्राइभिङ स्कुलको पनि कार्य गर्दै आएको र लोकसेवा आयोगको तयारी कक्षाका लागि ५० प्रतिशत छुट दिने समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here