कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने

0
3
मोरङ,
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनःविद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने जनाइएको छ ।
प्रदेश मूल समारोह समितिद्वारा आयोजित उक्त दिवसको अवसरमा झाँकी प्रदर्शनी, खेलाडी कौशल प्रदर्शन र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जानकारी दिनुभयो ।
असोज २ गतेदेखि ४ गतेसम्म तीन दिन मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घर आँगन सफाई, अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण, साँझ घर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here