रेडक्रसकर्मी उप्रेती रहेनन्

0
8

सुरुङ्गा ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका संस्थापक सभापति तथा जग्गादाता गेहनाथ उप्रेतीको निधन भएको छ ।

सामाजिक कार्यमा सदैव अग्रसर रहने स्व. उप्रेती विगत १ वर्षदेखि बिरामी रहेका थिए ।

लामो समयसम्म कनकाई–७ दुर्गापुर र हाल कनकाई नगरपालिका–३, रेडक्रस टोल सुरुङ्गामा बसोबास गरिरहेका उप्रेतीको असोज १ गते बिहान ०६ः४५ बजे स्वर्गारोहण भएको बहिनी ज्वाइँसमेत रहेका कनकाई नगर कार्यपालिकाका सदस्य नबलकिशोर दत्तले जानकारी दिए ।

स्वर्गवासी उप्रेतीका धर्मपत्नी कमलादेवी, ३ भाइहरू पदम, गोपाल र गङ्गाप्रसाद, ३ छोराहरू डा. राजेन्द्र, शङ्कर र योगेन्द्र, ४ छोरीहरू उर्मिला, ईश्वरा, जानुका र संजिता रहेका छन् । स्व. उप्रेतीको मङ्गलबार नै कनकाई घाटमा वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here