विराटनगर।
मोरङको छुट्टा–छुटै दुई स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१ का २२ बर्षीय कर्ण लिम्बूलाई ४ ग्राम ब्राउन सुगरसहित र विराटनगर महानगरपालिका–१५ ढाट स्थित भारतबाट झापा गौरादह नगरपालिका–७ का १९ बर्षीय मन्जिल चौधरीलाई ९३ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।