पाथिभरा इन्जिनियरिङ कलेजमा तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने

0
4

बिर्तामोड । झापाको बिर्तामोडस्थित बसपार्कमा सञ्चालित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज पाथिभरा इन्जिनियरिङ कलेजमा तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने भएको छ ।

यसै शैक्षिक सत्र २०८१ देखि कलेजले तीन वटा विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन शुरु गर्ने भएको हो । कलेज परिसरमा आज ९मंगलबार० पत्रकार सम्मेलनको आयेजना गरी कलेजका डिप्लोमा तहको पठनपाठनबारे जानकारी दिएको हो ।कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले यस वर्ष २०८१ देखि भर्ना लिने गरी ३ वर्षे डिप्लोमा तहको सिभिल, इलेक्टिकल र कम्प्युटर विषयमा अध्यापन गर्न लागिएको जानकारी दिएका छन् । प्रत्येक विषयमा ४८÷४८ जना विद्यार्थी भर्ना गरिने उनले बताए ।

एसईई वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीले यसै वर्षदेखि भर्ना भएर अध्ययन गर्न सक्ने उनको भनाई छ । उनले १२ कक्षा नढी सोझै तीन वर्ष पढेर ओभरसियर बन्न सकिने र ओभरसियरको अध्ययनसँगै रोजगारी पाइने बताए । उनका सँगै स्नातक तह ९बीई० पनि पढ्न सकिनेछ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत तीन वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन हुने भएको हो । पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो । कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।

कलेजमा डिप्लोमा तह अध्यपानका लागि सम्बन्धन लिन २०६८ सालमै आवेदन दिएको कलेजका संस्थापक अध्यक्ष युवराज प्रसाईंले लामो समय पछि सीटीइभीटीले सम्बन्धन दिएको बताए । उनले झापाबासीले घरै बसेर इन्जिनियरिङ विषय पढ्ने वातावरण बनेको र अध्यापनका लागि आवश्यक सबै पूर्वाधार र उपकरण कलेजमा रहेको बताउँदै गुणस्तरीय र दक्षजनशक्ति उत्पादन गर्ने प्रतिवद्धता जनाए ।

कलेजले नयाँ विद्यार्थी भर्नाका लागि आजैदेखि आवेदन समेत खुलाएको छ । अन्य कलेजको तुलनामा सहुलियतमा स्तरीय शिक्षा प्रदान गरिने कलेजले जनाएको छ । बीई अध्ययनको सन्दर्भमा १०ं२ उत्तीर्ण गरेको, कक्षा ९–१२ प्राविधिक धार उत्तीर्ण गरेका र सिटिइभिटीको डिप्लोमा ९ओभरसियर० उत्तीर्ण गरेका विद्यार्थीले भर्ना भई उक्त विषयमा अध्ययन गर्न सक्नेछन् ।

एसीसहितको कक्षा कोठा, नयाँ आधुनिक प्रयोगशाला, पर्याप्त खेल मैदान र विज्ञ प्रोफेसरहरुसहित ठूलो लगानीमा पाथिभरा इन्जिनियरिङ कलेज सञ्चालनमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here